अन्लाईन बिकास र परिवर्तन


अनलाइनको बिकास सँगै भएका मेरा वारीपरिका परिवर्तन

हिजो सम्म ‘बा’ गाउँका ठूला ठालूमा गनिन्थे । औरेजी बोल्न लेख्न जाँन्दथे, मास्टर पो हुन त । अझ ठुलो कुरो त उन्को हातमा रेडियो हमेसा रहिरह्न्थ्यो । समयले फड्को मार्यो । उन्को रेडियो अव नोकिया ब्राण्डको भयो । स्नेक गेम खुब खेल्दथे । वरीपरी केटाकेटी झुम्मन्थे । आज तिनै वरीपरी झुम्मिने केटाकेटिले ति मेरा बा लाई थोप्पो गन्दैनन । गनुन पनि किन, बा पबजी खेल्न जान्दैनन, यहाँ सम्म कि त्यो साम्सुङ्गको के के जाती सेटिङ तिनै भाराभूरा ले गर्दिनु पर्याछ । हेर त परिवर्तन । अ साची, ति मेरा सानाबा ! ” यस्मा हेर्देउ हेर्देउ के लेखी पठाएछन ।” भनेर बेला बेला चिट्ठी पत्र र के के जाती पढ्न लगाएको मैले त्यतिबेला झलझली सम्झिए, जतिबेला सनाबा साउदी बाट म्यासेन्जरमा गाउँको हाल खबर सोध्दै थिए । सुरूमा त म किन पत्याउ ? भाईहर्ले बा’को नाम को आई डि बनाए भन्ने लाग्यो । तर भिडियोकल गरेपछी छर्लङ !


बिकासका लागि न त यूगै परिवर्तन हुन पर्‍यो, न त भगवान बिष्णुले नयाँ अवतार लिनु पर्‍यो ! ए आम्मै ! मेरा जुगाका रेखी बस्न थाल्दा देखी २-४ पटक दारी फाल्दा सम्मको समयमात अच्चैकाली नै पो भैसक्यो त ! जे चाईने, अनलाईन मै पाईने, सन्त साधु देखी लिएर बर बधु सम्म अनी घर जग्गा देखी लिएर गूड्खा मधु सम्म आजकाल अनलाईन मै भेटिन्छन, दिनभर घुमेर नभेटिने सेवा तथा सामन अव छिनभरमै ।त्यसैले आउनुस्, हामीपनी समय सँगै अप्डेट हौ ।  

 
 

Continue .....

4754 Views